☰ open Loading... 18 October 2024|  

किसानको आयस्तर वृद्धि गर्न उन्नत जातका कुखुरा वितरण
  | १८ चैत्र २०७९, शनिबार १५:३६

 

यामराज बिष्ट/दैलेख।  दैलेखको नारायण नगरपालिकाले कृषकलाई कुखुरा वितरण गरेको छ । वडा नं-७ किमुगाँउमा रहेका १० जना कृषकलाई कुखुरा वितरण गरेको हो ।

नगरपालिकाको नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत उन्नत हेम्सायर जातका कुखुरा वितरण गरिएको नारायण नगरपालिका पशु पक्षि शाखा प्रमुख शुर्य बहादुर विकले बताए ।‘आयआर्जनका लागि कुखुरा वितरण गरेका छौं,’ उनले भने, ‘आयआर्जनका अन्य सहयोग कार्यक्रम पनि वडामा सञ्चालन गर्छौं ।’

कृषकहरूको मागको आधारमा १० जना कृषकहरूलाई औषधिसंगै २ सयका दरले २ हजार कुखुरा प्रदान गरिएको पशु पक्षि शाखा प्रमुख विकले जानकारी दिए ।

यस्तै दीर्घकालिन व्यवसायका रुपमा कुखुरा पालनलाई लैजानुका साथै अण्डा र मासुमा आत्मनिर्भरताका लागि कुखुरा वितरण गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शमाले बताए। लाखौंमा खरिद गरेर वितरण गरिएका कुखुराबाट लाभ दिन सेवाग्राहीलाई अनुरोध समेत गरिएको छ ।