☰ open Loading... 18 October 2024|  

हुम्लाको हवाई सेवा प्रभावित
  | १९ चैत्र २०७९, आईतवार ०५:१३

हुम्ला । शुक्रबारदेखि मौसममा खराबी आएपछि हुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।नेपालगन्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भरे पनि मौसमका कारण अवतरणमा समस्या हुने गरेको छ । सिमकोट विमानस्थलका अनुसार शुक्रबार र शनिबार दुवै दिन जिल्लामा हुने उडान रद्ध भएको छ ।

 

अन्य जिल्ला जोड्ने एक मात्र हवाई सेवा नियमित नहुँदा समस्या हुने गरेको स्थानीय व्यवसायी सरोज रावतले बताए । उनका अनुसार अन्य जिल्लाबाट आउने पत्रिका, खाद्यान्न लगायतका सामग्री जिल्लामा ल्याउन सकिएको छैन ।

 

हवाई सेवा प्रभावित हुँदा टिकट लिएका यात्रु र अत्यावश्यक कामका लागि जाने यात्रु समस्यामा परेका छन् ।