☰ open Loading... 18 October 2024|  

अखिल नेपाल महिला संघ दैलेखको अध्यक्षमा थापा चयन
  | १९ चैत्र २०७९, आईतवार ०६:४९

 

दैलेख –अखिल नेपाल महिला संघ दैलेखको अध्यक्षमा तप्ताकुमारी थापा सर्वसम्मत चयन भएकी हुन्।दैलेख सदरमुकाममा सम्पन्न एमाले निकट महिलाहरुको संगठन अनेम संघको ७औं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्।

महिला संघको उपाध्यक्षमा मिरा स्वर्णाकार सचिवमा सीता शाही चयन भएकी छन्।यस्तै कोषाध्यक्षमा धनसरी रेग्मी लगायत ६५जना सदस्यीय कमिटि गठन गरिएको छ।
अधिवेशनबाट मलाई निवार्चित गराउने सम्पुर्णलाई धन्यवाद दिर्दै नर्वनिवार्चित अध्यक्ष थापाले ब्यक्त गर्दै महिलाको हक अधिकारको महिला जनप्रतिनिधी सधै वकालत गर्ने बताइन् ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष रबिन्द्रराज शमाले पुरानो र घेरै कार्यक्रताहरु रहेको अनेम संघले सिंगो पाटी बलियो बनाएर जाने यो कमिटिले महिलाहरुको आबाज बुलन्द गर्नेे बताए ।उनले भने राजनितीमा महिलाको सहभागिता बढ्दो रहे पनि यति मात्र प्राप्त नहुने बताए ।