☰ open Loading... 7 September 2024|  

जुम्लामा चैते खेतीको चटारो
  | २० चैत्र २०७९, सोमबार ०५:२५

जुम्ला। चैत महिना लागेसँगै जुम्लामा चैते खेतीको चटारो शुरु भएको छ । अहिले स्याउँ, ओखर, नास्पाती, आरुलगायतका फलफूलका बिरुवा रोप्ने र मलजलको व्यवस्थापन गर्ने किसानहरुको दैनिकी बनेको छ ।

 

चैतको १२ गते मार्सी धानको बिउ राख्न गरेका किसानहरुले, हरिया सागपात तथा तरकारीका बेर्ना राख्ने, बेमौसमी तरकारीका बेर्ना ओसार्ने, रैथाने बालीको खेती गर्ने र अन्य दलहन बाली लगाउने समय शुरुको भएको बताएका छन् ।

 

जाडो छल्न र रोजगारीका लागि भारत पुगेकाहरु पनि अहिले खेतीपाती गर्नका लागि जिल्ला फर्किसकेका तातोपानी गाउँपालिका ६ का नारायण पराजुलीले बताए । अहिले बालीनालीका लागि काम नगर्ने हो भने पछि के खाने भन्ने चिन्ताले पिरोल्ने उनको भनाइ छ ।

 

त्यस्तै, अर्का किसान हिमा गाउँपालिका १ की छिता शाहीले बिउ संकलन, खेतबारीका मलजलको व्यवस्थापन गर्ने, स्याउ र ओखरका बिरुवामा पानी हाल्ने व्यवस्थपना गर्नेमा व्यस्त रहेको बताइन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले अघिल्ला वर्षहरुमा काली मार्सी धानमा बलास्टर रोग लागेर धान उत्पादनमा कमी आएकाले यो वर्ष बिउ राख्दा किसना सचेत हुनुपर्ने बताए ।

 

परम्परागत खेती प्रर्णाली भन्दा उन्नत जात र आधुनिक खेती प्रर्णालीतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।