☰ open Loading... 18 October 2024|  

मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिनाको आरोप
  | २७ चैत्र २०७९, सोमबार ०५:२७

हुम्ला। हुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना भएको आरोप लागेको छ । हुम्ला सिमकोट गाउँपालिका वडा ७ को डाँडाफया स्वास्थ्यचौकी २०७९ असारदेखि चार महिनामा काम सम्पन्न भएको थियो ।

 

मुख्यमन्त्री  रोजगार कार्यक्रममा २० लाखको बजेट भएकोमा दस लाख कामदारलाई २० हजारका दरले वितरण गरिएको थियो । तर  १० लाखको सुनुवाइ हुनुपर्छ र यसको जानकारी कामदारलाई  दिनु्पर्छ भनेर १० लाख हिनामिना गरेको निवेदन गाउँपालिकामा पेस गरिएको छ ।

 

निवेदन परेको लामो समय हुँदा पनि निवेदनको वेवास्ता गरिएको निवेदक सिमकोट गाउँपालिका वडा ७ की पूर्वसदस्य इश्ररा सिंहले बताइन् । उनी उक्त रोजगारको कामदार पनि हुन् ।

 

सिंहका अनुसार उक्त रोजगार कार्यक्रममा ५० जना बिपन्न, गरिब घरपरिवारको लागि आएको बजेट ५६ जना समावेश गरेर काम गराइएको थियो । उनले गाउँपालिका नै उपभोक्ता समितिसँग  मिलेको आरोप लगाएकी छन् । १० लाख के–के मा लगानी भयो ? कामदारको खाता खोल्न लगाएर हातमा पैसा किन दियो ?, भन्ने जस्ता विषय समेटेर गाउँपालिकालाई निवेदन गर्दा पनि करिब तीन महिना हँुदा निवेदनको सुनुवाइ नभएको उनले बताइन् ।

 

गाउँपालिकामा पटक–पटक निवेदनको छलफल गरिदिनु भन्दा पनि गाउँपालिकाले आल–टाल गरेको कामदार विष्णु बहादुर शाहीले बताए । उक्त रोजगारको कामको अनुगमन पूरा भएर पनि अहिलेसम्म निवेदनको कुनै वास्ता गरिएको छैन । यदि गाउँपालिकाले यस निवेदनको सुनुवाइ नगरेमा अब सम्बन्धित निकायमा पुग्ने बताइन् ।