☰ open Loading... 20 September 2024|  

राष्ट्रिय झण्डा दिवस
  | १ बैशाख २०८०, शुक्रबार १८:३४

 

दैलेख । दैलेखमा राष्ट्रिय झन्डा दिवस मानएको छ ।बास नेपाल दैलेख शाखाको आयोजनामा राष्ट्रिय झन्डा हाम्रो शान, नेपालीको पहिचान भन्ने मूल नाराका साथ दैलेख सदरमुकाममा दिवस मनाएको हो ।

राष्ट्रिय झन्डा राष्ट्रको गौरव र पहिचान भएकाले पनि यसलाई कहिल्यै झुक्न दिन नहुने नारायण नगरपालिका वडा नं ६का वडाअध्यक्ष जनक न्यौपानेले बताए ।उनले भने राष्ट्रको सिर सधैं उच्च राख्नको लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर राष्ट्रको हितको लागि सोच्न आवश्यक रहेको बताए ।

यस्तै बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताए ।