☰ open Loading... 20 September 2024|  

पार्टी कार्यालयमै नेकपा एसका मन्त्रीहरुले नेता कार्यकर्तासँग भेट्ने
  | २ बैशाख २०८०, शनिबार ०५:१६

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी कार्यालयमै  नेता तथा कार्यकर्तालाई भेट्ने भएका छन।

नेकपा एकीकृत समाजवादीका बाट मन्त्री बनेकाले नेता तथा कार्यकर्तासँग सहजै भेटको व्यवस्था मिलाउनको लागि समय निर्धारण गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए।

आइतबार र बुधवार दिउँसो २ देखि ३ बजेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र सोमबार र शुक्रवार सोही समयमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्ने समय तोकिएको छ।