☰ open Loading... 20 September 2024|  

हेमा खड्का सम्मानित
  | २ बैशाख २०८०, शनिबार ०५:२१

दैलेखकी हेमा खड्का ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सिजन २ को खेलकुद विधामा उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएकी छिन् । निकिला मिडिया नेटवर्कद्वारा आयोजित ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सिजन २ को खेलकुद विधामा राजनीति, समाजसेवा, खेलकुदलगायतका क्षेत्रमा सक्रिय खड्का सम्मानित बनेकी हुन् ।

 

यो अवार्ड पाउनेमा कर्णाली प्रदेशबाट दैलेखकी खड्का पहिलो हुन् । विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य, पत्रकारितालगायतका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने विभिन्न ३५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

 

बुधबार काठमाडौंको होटल हायात प्यालेसमा आयोजित एक समारोहकाबीच उक्त अवार्ड प्रदान गरिएको थियो । केही महिना पहिले बंगलादेशमा सम्पन्न प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी हेमाले कास्य र रजत पदकसमेत जितेकी थिइन् ।