☰ open Loading... 20 September 2024|  

एमाले नेता रिजाल चिन प्रस्थान
  | २ बैशाख २०८०, शनिबार १९:३८

दैलेख ः नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उप–प्रमुख विष्णु रिजाल चिन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘विश्व कम्युनिस्ट पार्टीका सैद्धान्तिक कार्यकर्ताका लागि कार्यशाला’मा सहभागी हुन नेता रिजाल शनिवार चीनतर्फ प्रस्थान गरेका हुन् ।

नेकपा ९एमाले०का तर्फबाट कार्यशालामा भाग लिन चिन प्रस्थान गरेका नेता रिजाल १५ दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित कार्यशालामा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यशालामा विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण विषयमा आ–आफ्ना पार्टीहरूले अँगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

विश्व कम्युनिस्ट पार्टीका सैद्धान्तिक कार्यकर्ताका लागि चिनमा आयोजना गरिएको कार्यशालामा नेकपा ९एमाले०का तर्फबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा जोड दिइने रिजालले बताए ।