☰ open Loading... 21 September 2024|  

फराकिलो हुँदै दैलेख सदरमुकाम
  | ४ बैशाख २०८०, सोमबार ०५:३२

 

 

दैलेख ।नारायण नगरपालिका दैलेखकी उपप्रमुख तप्पा कुमारी थापाले नगरभित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गरेकी छन्।आईतबार उप- प्रमुख थापाले नगरभित्र निर्माण भईरहेको कालोपत्रे सडक र नाली निर्माणका कामलाई गुणस्तरीय बनाउने उद्देश्यले सडकको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी हुन् ।

 

 

नारायण नगरपालिकाले बजार क्षेत्र साघुँरो भएकोले सडक चौडा गर्ने काम थालेको उपप्रमुख थापाले बताइन्।उनले भनिन् नगरपालिकाले मुख्य बजार क्षेत्रमा फराकिलो बनाउने काम शुरू गरेको उपप्रमुख थापाले जानकारी दिइन्।सुन्दर नगर बनाउने हाम्रो पहिलो प्राथमिकता हो ।नगरपालिकाले सडक, खानेपानीला पनि प्राथमिकतामा राखेर काम गरेको नगर उपप्रमुख थापाले बताईन् ।

निर्माण कार्य हेर्दा सन्तुष्ट देखिएको भएपनि गुणस्तरीयता कार्यम गर्दै छिटो गर्न उनले आग्रह गरिन् ।

यस्तै नारायण नगरपालिका दैलेखका इन्जिनियर राम प्रसाद शर्माले काम भैरहेको र निर्धारित मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।