☰ open Loading... 15 November 2024|  

भेरी किनारमा नमुना शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पन्छौं : उपप्रधानमन्त्री खड्का
  | ९ बैशाख २०८०, शनिबार ०५:२१

सुर्खेत : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमुना शहर निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुक्रबार भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

 

उनले स्थानीय नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानूनको रूप दिने बताए । नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने उनको भनाइ छ ।

 

सरकारले आर्थिक वर्ष ०६८/०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो । रक्षा एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए ।

 

उनले गुरूयोजनाअनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए । करिब ४० अर्व लागतमा नयाँ शहर बन्ने भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले जानकारी दिए ।