☰ open Loading... 7 September 2024|  

व्यवसायिक माछा पालनमा नारायण नगरपालिकाको सहयोग
  | १८ बैशाख २०८०, सोमबार ०६:५६

 

दैलख- दैलेखको नारायण नगरपालिका वडा नं -१० भवानीमा व्यवसायिक माछा पालन सुरु गरिएको छ । नेता तथा सफल व्यवसायी लोग बहादुर थापाले व्यावसायिक माछा पालन शुरु गरेका हुन ।

उनले जानेको सीपको सही सदुपयोग गर्दै करिब ८ लाख लागानी गरेर माछा पालन शुरु गरेका हुन् । उनको फर्ममा करिब ५हजार १सय६५माछाका भुरा रहेका छन।फर्ममा अहिले रेन्बो ट्राउट माछाका भुरा रहेको उनले जानकारी दिए ।

No description available.

माछाको उत्पादन बढाउन र कृषकलाई माछा पालनतर्फ आकर्षित गर्न नगरपालिकाको नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाले ८ लाख लगानीमा माछा पालन सुरु गरिएको नारायण नगरपालिका पशु पक्षि शाखा प्रमुख शुर्य बहादुर विकले बताए । नारायण नगरपालिकाले पोखरी निर्माण गरेको कृषकलाई माछा सहुलियतमा सहयोग गरिएको उनले बताए ।

यस्तै जिल्लामा माछाको खपत बढाउन र बाह्रै महिना माछा उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको जानकारी नारायण नगरपालिकाका आर्थिक विकाश समितीका संयोजक रेशम थापाले जानकारी दिए ।यहाँ लेकाली भेग भएकाले रेन्बो ट्राउट माछा यहाँ उत्पादन गर्न सहज हुने भएकाले माछा पालन सुरु गरिएको उनले जानकारी दिए।