☰ open Loading... 5 February 2025|  

दैलेखमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो
  | १८ बैशाख २०८०, सोमबार १७:५७

दैलेख- दैलेखमा एक सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । पेशागत महासंघ नेपाल जिल्ला समिती दैलेखको आयोजनामा सोमबार एक कार्यक्रम गरी दैलेख सदरमुकाममा दिवस मनाइएको हो ।कार्यक्रममा मजदुरहरुको हकहित र पेशागत सुरक्षाको लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने एकिकृत सहकारी कर्मचारी संगठनका केन्द्रिय सचिव तिर्थ जिसीले बताए ।

 

नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको पेसागत महासघं कर्णाली पदेश अध्यक्ष खम बहादुर थापाले जानकारी दिए।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )पार्टी कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले मजदुरहरुको हकहित र पेशागत सुरक्षाको लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सबै क्षेत्रमा क्रियाशील श्रमजीवी मजदुरहरुको पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताउँदै आफ्नो हक, अधिकार प्राप्त गर्नका लागि सबै मजदुरहरु सङ्गठित भएर लाग्नुपर्नेमा पेशागत महासंघ नेपाल जिल्ला समिती दैलेखका अध्यक्ष गोपाल कुमार श्रेष्ठले जोड दिए।उनले भने मजदूरहरु माथिको श्रम शोषण रोकिनुपर्ने माग माग गरे।