☰ open Loading... 5 February 2025|  

उपभोक्ता समितिका अध्यक्षसहित तीन जना घुससहित पक्राउ
  | २१ बैशाख २०८०, बिहीबार ०५:३०

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष अधिकारीसहित सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेललाई घुससहित पक्राउ गरेको हो ।

 

उनीहरुले गोकर्णेश्वर नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ३० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।