☰ open Loading... 20 September 2024|  

‘लम्पी स्किन’ रोग फैलिएपछि पालिकाले खटायो पशु प्राविधिक
  | २७ बैशाख २०८०, बुधबार २१:३९

दैलेख –नारायण नगरपालिकाले पशुहरूमा फैलिएको लम्पी स्किन रोगको निःशुल्क उपचार गर्ने जनाएको छ । नगरपालिका क्षेत्रभित्र पशुहरूमा फैलिएको लम्पी स्किन रोगको न्यूनीकरण र रोकथामका लागि नारायणका प्रत्येक ११वडामा नगरपालिकाले पशुसेवा प्राविधिकहरू खटाएको हो ।

पशु चौपायहरूमा लक्षण देखिए पछि नारायणका सबै वडामा प्राविधिक कर्मचारीलाई सम्पर्क गरी प्रारम्भिक उपचार निःशुल्क रूपमा (निःशुल्क औषधिसहित) गराउन सकिने व्यवस्थ गरिएको नगर प्रमुख लोमन शर्माले बताए।मंगलबार नारायण नगरपालिका वडा नं-११मा गाई,गोरुलाई औषधिसहित उपचार गरिएको अन्य वडा पनि प्राविधिकहरू खटाएको उनले बताए ।