☰ open Loading... 20 September 2024|  

बजेट सन्दर्भमा पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्रीको छलफल
  | २३ बैशाख २०८०, शनिबार ०५:२२

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

 

छलफलमा पूर्व अर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलमा अर्थमन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरेका छन् ।

 

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र निजी क्षेत्रको आत्म विश्वास बढाउन आपूm लागिपरेको जानकारी गराए । साथै, उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थमन्त्री महतले अन्य पूर्व अर्थमन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।