☰ open Loading... 19 September 2024|  

सत्ता गठबन्धनद्वारा अधिवक्ताहरूसँग नागरिकता विधेयकवारे सुझाव माग
  | २४ बैशाख २०८०, आईतवार ०५:२७

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गर्दै सुझाव माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरूले अभिवक्ताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति थियो । संसदबाट एक पटक सकारात्मक तरिकाबाट गइसकेको विधेयक भएका कारणले सकारात्मक कुराकानी भएको नेपाल बार एशोसियसनकी महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।