☰ open Loading... 20 September 2024|  

वनमा लागेको आगो निभाउन जाँदा १२ मजदुर घाइते
  | २८ बैशाख २०८०, बिहीबार ०५:२७

दैलेख । पश्चिम दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् । १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाकारअनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले जानकारी दिइन् ।

उनका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ । हेलिकप्टर पुगेको खण्डमा घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिने उपप्रमुख थापाले बताइन् ।