☰ open Loading... 20 September 2024|  

दैलेख जिल्लामा फैलियो ‘लम्पी स्किन’
  | २८ बैशाख २०८०, बिहीबार ०५:३८

यामराज बिष्ट दैलेख– दैलेख जिल्लामा पनि गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोग फैलिएको छ । दैलेख जिल्लामा मात्रै १ सय ७३पशु सङ्क्रमणबाट मरेका छन् ।

जिल्लाका ११वटै पालिकामा लम्पी स्किन रोगको प्रकोप फैलिए पछि त्यसका लागी स्थानीय तहसँग समन्वय गरी उपचार सुरु गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीम बहादुर विष्टले जानकारी दिए । उनले भने सबै पालिकाका पशुशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरेर लम्पी स्किन रोगको प्राथमिक उपचारका बारेमा स्थानीयलाई जानकारी गराएको बताए ।

सङ्क्रामक रोग फैलिए पछि जिल्लामा स्थानिय तहले खटाए प्राविधिक

सङ्क्रामक रोगको फैलिए पछि जिल्लामा दैलेखका११वटै स्थानिय तहले प्राविधिकहरू खटाएका छन् ।११वटा पालिका रहेका दैलेख जिल्लामा पालिकाका पशुशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरेर सबै पालिकामा प्राविधिकहरू पठाएको छ ।दैलेखको नारायण नगरपालिकाले पशुहरूमा फैलिएको लम्पी स्किन रोगको निःशुल्क उपचार गर्ने जनाएको छ। नगरपालिका क्षेत्रभित्र पशुहरूमा फैलिएको लम्पी स्किन रोगको न्यूनीकरण र रोकथामका लागि प्रत्येक वडामा पालिकाले पशुसेवा प्राविधिकहरू खटाएको हो ।

पशु चौपायहरूमा उक्त रोगको लक्षण देखिएमा तत्कालै वडामा खटिएका जना प्राविधिक कर्मचारीलाई सम्पर्क गरी प्रारम्भिक उपचार निःशुल्क रूपमा (निःशुल्क औषधिसहित) पशुलाई  उपचार गराउन सकिने व्यवस्था गरिएको नारायण नगरपलिका कृषि शाखा प्रमुख खेमराज शर्मा बताए ।

खेतीपातीको सिजन सुरु हुनै लाग्दा रोगबाट पशुचौपाया मर्न थालेपछि किसान चिन्तितछन् । गाउँघरका सबै गाईगोरुमा रोग फैलिएको छ । गाईगोरुमा मात्र देखिएको रोग पछिल्लो समय भैँसीमा समेत देखिन थालेको किसानहरुको भनाइ छ ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ ।