☰ open Loading... 20 September 2024|  

सुर्खेतका बादी बालबालिकालाई एमआरआर अष्ट्रेलियाको सहयोग
  | ३० बैशाख २०८०, शनिबार १८:३१

३० वैशाख, सुर्खेत । बादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका यूवाहरुले साढे ३ लाख रुपैँया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । वीरेन्द्रनगर –८, खजुरामा रहेको बादी सरोकार मञ्चमा आश्रीत ११० जना बालबालिकाका लागी शनिबार एमआरआर सुर्खेतको समन्वयमा सामाग्री प्रदान गरिएको हो ।

बादी आवासगृहमा आश्रीत बालबालिकाले विभिन्न आभाव झेलिरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका सदस्यहरुले अभियान नै चलाएर सहयोग रकम संकलन गरेको एमआरआर सुर्खेत संयोजक सागर लम्सालले जानकारी दिए । ‘बादी आवासगृहमा रहेका बालबालिकाहरु थुप्रै अभावमा बाँचीरहेको थाहा पाएपछि एमआरआरका अष्ट्रेलियामा रहेका साथीहरुले पैसा संकलन गरेर पठाउँनु भएको थियो,’ संयोजक लम्सालले भने, ‘हामीले यहाँ समन्वय गरेर खाद्यान्न लगाएत आवश्यक सामाग्रीहरु किनेर दिएका छौं ।’ संयोजक लम्सालका अनुसार आवसगृहमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार काटुन तेल, सुजी र चिउरा पाँच÷पाँच प्याक, एक बोरा नुन र खुर्सानी दिइएको छ ।

यस्तै दुई थान पानि शुद्धिकरण फिल्टर, दुई थान माइक स्पीकर, १६ थान मछेर भगाउँने सामाग्री, पाँच लिटर हार्पीक्स, पाँच लिटर फिानाइल, १४४ थान स्यानेटरी प्याड, बाध्यवादनका साधन र दुई थान प्राथामिक स्वास्थ्य सामाग्री बक्स लगाएतका सामाग्री बितरण गएिको संयोजक लम्सालले जानकारी दिए । एमआरआर अष्ट्रेलियाका सादस्यहरुले ३ लाख ५७ हजार ५५५ रुपौयाँ संकलन गरेर पठाएको र सोही रकमले उक्त सामाग्री खरिद गरिएको उनले बताए । दिर्घकालिन रुपमै बादी समुदायका बालबालिकाहरुको समस्या कसरी समधान गर्ने भन्ने बारे छलफल चलिरहेको एमआरआर सुर्खेका सदस्य रमेश विक्रम हमालले जानकारी दिए । ‘हामीले क्षणिक मात्र नभई, दिर्घकालिनरुपमै समस्याको हल खोजिरहेका छौं,’ हमालले भने, ‘यसलाई हामीले चरणबद्ध सरोकारवलाहरुबीच छलफल र पैरवी थाल्छौं ।’ एमआरआर सुर्खेत ति बालबालिकाको हेरचाहामा निरन्तर खटिने उनको भनाई छ । बादी समुदायका अगुवा हिक्मत बादीले सडक छेउछाउमा मागेर हिँड्ने बालबालिकालाई एक ठाउँमा राखेर पढ्ने वातावरण बनाएका छन् । जस्लाई बादी सरोकार मञ्च नाम दिएका छन् ।

हिक्मतले बादी समुदायका बालबालिकालाई गाँसबास र कपासको व्यवस्थासँगै पढ्ने, लेख्ने वातावरण बनाई दिन सरकारलाई आग्रह गरे । ‘दाताको भरमा कतिदिन मागेर खुवाउँने ? सरकारले नै संरक्षणको जिम्मा लिईदिएको भए, हामीलाई थप सहज हुनेथियो,’ उनले भने । बादी आवासगृहमा कर्णाली प्रदेशका १० जिल्लाबाट झन्डै ११० जना बालबालिका आश्रीत रहेको र जस्मा महिला, पुरुष ५५÷५५ जना रहेको हिक्मतले बताए ।

सामाजिक सञ्जालमा चर्चित यूवाहरुको समुह एमआरआरले विपन्न समुदाय, अपाङ्गता भएका, महिला बालबालिका र प्राकृतिक विपतीमा परेकाहरुलाई सहयोग गर्दै आएको छ । समूहको सदस्य संसारभरि छरिएका नेपाली युवाहरु करिब एकलाख भन्दा बढी रहेको एमआरआरका सदस्यहरुले बताए ।