काठमाडौं । नेकपा एमालेले सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
१६ समसामयिक प्रस्ताव
नेकपा (एमाले)ले विभिन्न १६ समसामयिक प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित कार्यकालमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट ती प्रस्ताव पारित गरिएको हो ।
यही वर्षभित्र सबै कमिटीको अधिवेशन
नेकपा (एमाले)का सबै कमिटीको अधिवेशन यही वर्ष (२०८०)भित्र सकाउने निर्णय गरिएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गरिएको हो । आउँदो भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । त्यसपछि जिल्ला, पालिका र वडा तहको अधिवेशन चैतसम्ममा सकाउने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सङ्घीयता’bout पुनर्विचार हुँदैन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयता’bout पुनर्विचार नगर्ने बताएका छन् । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले राखेका धारणा उधृत गर्दै पार्टीका एक नेताले जानकारी दिए । बैठकमा सङ्घीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताए । बैठकमा ओलीले पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएका छन्।