☰ open Loading... 19 September 2024|  

कर्णाली सरकार सेना बिनाको कमाण्डर जस्तो भयो : मुख्यमन्त्री शर्मा
  | १ जेष्ठ २०८०, सोमबार ०५:३०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जेठ १ र २ गते स्थानीय तहसँग नीति, कार्यक्रमका बारेमा छलफल हुने जानकारी दिएका छन् ।

आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका बिषयमा सञ्चारकर्मीसँग छलफल गरेका हुन् ।

शर्माले तीन तहका सरकारबीचको सहकार्य समन्वयको विषयमा प्राथमिकताका दिने बताए । कर्णालीमा अनुकूल कानुन नभएको र योजना छनोटमा समस्या भएको मुख्यमन्त्री शर्माले भने ।

मुख्यमन्त्री शर्माले भने, ‘यस्ता समस्याहरु हुँदा पनि हामीले काम गरिरहेका छौँ । कर्णालीमा ११ सय कर्मचारीको अभाव छ । कर्णालीमा आर्थिक संकटको प्रभाव परिरहेको छ ।’

मुख्यमन्त्री शर्माले प्रदेश सरकार सेना बिनाको कमाण्डरजस्तो भएको बताए । कर्णालीमा ऐन, कानून अझै बाझिने खालका समस्या भएका हुनाले प्रशासनिक र वित्तीय संघीयता अझै राम्रोसँग लागु नभएको जनाए ।

छलफल कार्यक्रममा पत्रकारहरुले वितरणमुखी नीति, कार्यक्रम र बजेट नल्याउन सुझाव दिएका थिए । पत्रकारहरुले बजेट कार्यान्वयनका सन्दर्भमा कर्णाली सरकार सधैँ चुकिरहेको बताए ।