☰ open Loading... 19 September 2024|  

तिला नदी किनारमा एक युवती मृत फेला
  | ३ जेष्ठ २०८०, बुधबार ०५:२७

जुम्ला : जुम्लाको तिला गाउँपालिकास्थित तिला नदी छेउमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । कनकासुन्दरी ६ की २२ वर्षीया सिर्जना रोकाया पछाईको शव मंगलबार नदी किनारमा भेटिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका ७ स्थित तिला नदी छेउमा उनको शव भेटिएको हो । नदीमा माछा मार्न गएकाहरूले उनको शव फेला पारेका थिए । शव भेटिने बित्तिकै स्थानीयले नाग्म प्रहरी चौकीलाई खबर गरेका थिए ।

 

उनको माइतीघर तिला २ लर्मीगाउँ हो । नाग्म प्रहरी चौकीले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाएको छ । रोकाया एक साताअघि माइती घर जाने भनेर घरबाट हिँडेको र एकाएक सम्पर्कविहीन भएको मृतकका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।