| ६ जेष्ठ २०८०, शनिबार ०५:३७
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।