☰ open Loading... 5 February 2025|  

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार कटुवाललाई
  | १३ जेष्ठ २०८०, शनिबार २१:२३

सुर्खेत – कान्तिपुरकर्मी ज्योति कटुवाललाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको २५ हजार राशीको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार शुक्रबार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले दैलेखकी कान्तिपुरकर्मी कटुवाललाई प्रदान गरेका हुन । कार्यक्रम मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, मन्त्रालयका सहसचिव इम नारायण श्रेष्ठ, कुमार प्रसाद दहाल, छनोट समितिका पदाधिकारीहरु, सम्मानीत खेलकुद प्रतिभा तथा खेल पत्रकारहरु र मन्त्रालयका कर्मचारीहरु सहितको सहभागितामा राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।