☰ open Loading... 5 February 2025|  

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
  | ११ जेष्ठ २०८०, बिहीबार ०६:४०

 

देलेख –महाबु गाँउपालिका वडा नं-२वडाखोलाले प्रथम वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक बर्षमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

वडाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी वडालेले सार्वजनिक सुनुवाई गरेको वडाध्यक्ष प्रकाश राज थापाले बताए ।उनले भने नागरिकको समस्या र गुनासोको वडाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने जानकारी दिए ।

No description available.

 

यस्तै योजना बनाएर आउन र पालिकाले दिने सेवाहरू लिन पछि नपर्न महाबु गाँउपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु कुमारी पाण्डेले बताइन्।गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि कार्यबाहक अध्यक्ष पाण्डेले आग्रह गरिन्।

No description available.

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।