☰ open Loading... 22 December 2024|  

शिक्षा क्षेत्रमा भएका समस्यालाई समाधान गर्न सबैले सहयोग गर्नु पर्छ ःक्याम्पस प्रमुख बिष्ट
  | १२ जेष्ठ २०८०, शुक्रबार ०५:५४

 

पछिल्लो समयमा विद्यालय तथा क्याम्पस हरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । दैलेखमा शैक्षिक क्षेत्रको विकासमा लागि कस्ता क्रियाकलाप भईरहेका छन् । यिनै विषयहरूमा केन्द्रित रहेर क्याम्पसमा भइरहेका राम्रा कामहरूको निरन्तरता र केहि सुधार गर्नुपर्ने कुराहरू छन् । चामुण्डा कलेजका प्रमुख प्रेम बिष्ट सँग पश्चिम नेपालका कार्यकारी सम्पादक यामराज बिष्टले गरेको कुराकानीको सम्पादित अंश-

स्वागत छ यहाँलाई
धन्यवाद ।

२- शिक्षा क्षेत्र सुधार गर्न यहाँको भूमिका कत्तिको महत्वपुर्ण रहयो ?

मानव विकासको प्रमुख सूचक शिक्षा हो । शिक्षालाई मानवको तेस्रो आँखाको रुपमा समेत परिभाषित गरिन्छ । अहिलेको प्रतिष्पर्धात्मक जमानामा शैक्षिक क्षेत्रको विकास हुन अनिवार्य छ । शिक्षाको विकास भएमात्रै देशको विकास हुन्छ । सरकारले पनि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ ।सोही अनुसार नेपालको शिक्षा क्षेत्र समेत विकासको क्रममा रहेको छ ।त्यसै गरी चामुण्डा कलेजको शैक्षिक विकासलाई हामी निकै प्राथमिकताका साथ लिईरहेका छौ । त्यसैले शिक्षा विकास हाम्रो प्राथमिकता हो ।
३- अभिभावकहरुको शैक्षिक क्षेत्र प्रतिको जागरुकता कस्ता देख्नु भएको छ?

स्थानीय स्तरमा शैक्षिक क्षेत्र विकासको लागि त्रिपक्षीय साझेदारी आवश्यक हुन्छ । विद्यार्थी, शिक्षक र अभिभावकको एकता पहिलो शर्त हो । विद्यालय विकासमा यिनीहरुको भूमिकालाई कहिल्यै नकार्न सकिदैन ।चामुण्डा कलेजको हकमा अभिभावकहरुको सक्रियता केही सन्तोषजनक छ ।

४-कतिपय ठाँउमा विद्यार्थीको अभाव छ यस कलेजमा के छ विद्यार्थीको संख्या?

हाम्रो कलेजमा विद्यार्थी छन्। कतिपय ठाँउमा क्याम्पसको सौन्दर्यकरण, सरसफाइ लगायतमा ध्यान नदिंदा विद्यालयले विद्यार्थी आकषिर्त गर्न सकेका छैनन्। कतिपय विद्यालयमा विद्यार्थीलाई आवश्यक खेल सामग्री छैन ।

५ -शिक्षा क्षेत्रमा भएका हरेक समस्यालाई समाधान गर्न के गर्नुपछ?

शिक्षा क्षेत्रमा भएका हरेक समस्यालाई समाधान गर्न राजनीतिक दलदेखि सबैले सहयोग गर्नु पर्छ । शिक्षा क्षेत्रमा हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्छ ।कतिपय बालिकामा शिक्षा क्षेत्रको पहुँच भन्दा बाहिर रहेको भन्दै उनले विद्यालय तथा नेपालको सार्वजनिक शिक्षामै सुधार गर्न आवश्यक छ।

६-अभिभावकको भूमिका कस्तो हुनुपर्छ?
अभिभावकहरु पनि फरकफरक प्रकारका हुनुहुन्छ । सपोर्ट नगर्ने होइन, सपोर्ट नगरेको भए क्याम्पस कसरी चल्थ्यो र ? हामी के भन्छौ भने अभिभावक, विद्यार्थी, शिक्षक  भनेको एउटा परिवार हो । एउटा परिवारमा एउटा पनि चेन टुट्यो भने त्यो  कलेजको राम्रो सँग चल्न सक्दैन । उहाँहरु जन्मदिने आमाबुबा हो भने हामी कर्म दिने आमाबुबा आफुलाई ठानेका हुन्छौं । सबै एउटै रथको पाङ्ग्रा बनेर हिड्यो भने अवश्य एउटा गन्तव्यमा पुग्छ ।

७-क्याम्पस प्रमुखको जिम्मेवारी पाउनुभएको छ आगामी योजनाहरु केके छन्?
सबैले विश्वास गरेर क्याम्पस प्रमुख जस्तो महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएको छ त्यसैले उहाँहरुको विश्वासलाई पुरा गर्नुपर्ने छ । क्याम्पसमा भइरहेका राम्रा कामहरूको निरन्तरता र केहि सुधार गर्नुपर्ने कुराहरू छन् तिनीहरुको सुधार गर्छु ।

८- अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सबैलाई म के भन्न चाहन्छु भने शैक्षिक क्षेत्रको विकास हुनु भनेको देश विकास हुनु हो । शिक्षा क्षेत्रमा भएका नराम्रो कुराहरुको बारेमा सकारात्मक टिप्पणी सबैले गर्नुपर्छ । राम्रो कुराको प्रचार गर्ने समेत हाम्रो कर्तव्य भित्र पर्दछ । त्यसैले हाम्रो क्याम्पसलाई राम्रो बन्नको लागि सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गर्दछु ।