☰ open Loading... 22 October 2024|  

मिसन अखिल दैलेख अभियानलाई तिव्रता
  | १३ जेष्ठ २०८०, शनिबार ०५:३३

अनेरास्ववियु जिल्ला कमिटी दैलेखले मिसन अखिल दैलेख अभियानलाई तिव्रता दिएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो वैठकको निर्णय अनुरुप संगठन निर्माण महाअभियान अन्तरगत मिसन अखिल दैलेख अभियान संचालन गरेको अध्यक्ष मनसुन दाहालले बताए ।

अध्यक्ष दाहालका अनुसार केन्द्रीय कमिटीको निर्णयलाई पुर्ण रुपमा सफल बनाउने र केन्द्रीय कमिटीको निर्णय अनुसार १० हजार कमिटी निर्माण अभियानलाई सफल बनाउन जिल्ला कमिटी अभियानमा होमिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटीको निर्णय अनुरुप २ महिने मिसन अखिल दैलेख असभयान अन्तरगत दैलेख जिल्ला कमिटीले दैलेखमा रहेका १०२ वटा मावि कमिटी, ५ वटा क्याम्पस कमिटी तथा ११ वटा पालिका कमिटी गठन गरेको छ ।

नयाँ गठन गरेका कमिटीका प्रतिनिधिहरुलाई पालिका, निर्वाचन क्षेत्र अन्तरगत प्रदेश क र ख तथा जिल्लामा प्रशिक्षण कार्यक्रमगरि अनेरास्ववियुमा नेता उत्पादन गर्ने अध्यक्ष दाहालले बताए ।