☰ open Loading... 22 October 2024|  

हुम्लामा हवाई सेवा सुचारु
  | १३ जेष्ठ २०८०, शनिबार ०५:५०

हुम्ला : राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्लामा २ दिनपछि हवाई सेवा सुचारु भएको छ । गत मंगलबार रातिबाट वर्षाका कारण हवाई सेवा अवरुद्ध हुँदै आएको थियो ।

 

शुक्रबारबाट भने हवाई सेवा सुचारु भएको हो । लगातार वर्षा हुँदा नेपालगञ्ज र सुर्खेत विमानस्थलमा सिमकोटका लागि उडान भर्न तयारीमा रहेका नीजि एयरलाइन्स कम्पनीका जहाजहरुले उडान नपाउँदा यात्रु मर्कामा परेका थिए ।

 

शुक्रबार हवाई सेवा सुचारु हुँदा  जिल्ला बाहिरका यात्रु जिल्लामा आएका छन् भने जिल्ला बाहिर जाने यात्रु पनि आफ्नो गन्तव्यतिर लागेका छन् । हुम्लाका लागि  समिट  सीता, तारा र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् ।

 

शुक्रबारबाट कार्गो सामान ढुवानी र  सिमकोट बजारमा दैनिक उपभोग्य सामान समेत आएको छ  । दैनिक उपभोग्य सामान मात्र होइन् खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न समेत ढुवानी भएको छ ।