☰ open Loading... 22 October 2024|  

लागुऔषधसहित चार जना पक्राउ
  | १४ जेष्ठ २०८०, आईतवार ०५:२५

कैलालीः कैलालीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशी रहेको प्रहरीले जनाएको छ ।

 

जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन जना र टीकापुर नगरपालिबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

धनगढीबाट पक्राउ परेका तीन जनाको साथबाट दुई ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए । साथै जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका  २१ वर्षीय दीपेश चन्दलाई भने टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट ५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

 

वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।