☰ open Loading... 21 October 2024|  

बालबालिकाका लागि लगानी बढाउनु पर्ने जोड
  | १५ जेष्ठ २०८०, सोमबार ०६:३४

दैलेख –बालबालिका हक, अधिकारलाई संरक्षण र संवर्द्धनको लागि स्थानीय सरकारको सबलीकरण गर्नुपर्नेमा सरोकारवालाहरुले आवाज उठाएका छन् । चामुण्डाविन्द्रासैनि नगरपालिकामा भएको बालबालिका माथि लगानीको महत्व र स्थानिय सरकार भुमिका र दायित्व अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधीहरुले सो कुरा बताएका हुन् ।

आर्थिक वर्ष ८० /८१मा नगरले बालबालिकालाई प्राथमिकतामा राखि शिक्षा, स्वास्थ्य र बालमैत्री अभियानको लागि कार्यहरु गरिरहेको र अझै जिम्मेवार रुपमा कार्यहरु गर्नुपर्ने दायित्व रहेकोलेकार्यबिधी बनाएर अगाडी बढ्ने प्रतिबद्ध रहेको चामुण्डान्द्रिासैनि नगरपालिकाका नगरप्रमुख गणेश कुमार शाहीले बताए ।

उनले बालबालिकाको हितमा काम गर्न नगरपालिका तयार रहेको बालबालिकाका लागि लगानी बढाउन सबै जना जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीले एभेष्ट क्लब अन्र्तरगत पहिलो कदम परियोजनाले गरेका काम निकै प्रभाकारी भएको र आउदा दिनमा पनि यस्ता काम गनुपर्ने जोड दिए ।