☰ open Loading... 21 October 2024|  

ट्याक्टर दुर्घटना हुँदा दुई को मृत्यु
  | १६ जेष्ठ २०८०, मंगलवार ०५:३४

मुगु । जिल्ला सदरमुकाम गमगदी देखि बामका लागि पाइप बोकेर गएकाे ट्याक्टर गए राती एक बजे लु ४ प ७३६८ नम्बरको ट्याक्टर मुगु को छायानाय रारा नगर पालिका १४बामको डुमकोट्मा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मिर्त्यु हुनेमा ३० बर्षका चालक काशिराम बदुवाल र सहचालक शिव बदुवालको घटना स्थलमै मृत्यु भएको छ ।

राती दुर्घटना भए पनि अबेर बिहान मात्रै थाहा भएको स्थानीयले बताए ।ट्याक्टर ५० मिटर तल खसेको थियो । घट्ना को उदार का लागि जिल्ला प्रहरि कार्यालय र बाम स्थित अस्थायी प्रहरी चौकी ले उदार गरि रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले बताए ।