☰ open Loading... 21 October 2024|  

गणतन्त्र दिवस : दैलेखमा खेलकुद प्रतियोगिता
  | १६ जेष्ठ २०८०, मंगलवार २२:१३

 

दैलेख-गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा दैलेखमा खेलकुद प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । १६औं गणतन्त्र दिवस जिल्ला स्तरीय मुल समारोह समिती दैलेखको आयोजनामा खेलकुद प्रतियोगिता प्रतियोगिताको गरिएको हो ।गणतन्त्र दिवसको अवसरमा खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सुचना अधिकारी गणेश प्रसाद कोइरालाले बताए ।प्रतियोगितामा प्रथम जिल्ला प्रहरी कार्यालय दैलेख दोस्रोचामुण्डा बिन्द्रासैनि नगरपालिकाका कर्मचारी समुह, तेस्रो जनप्रतिधि टोली भएको उनले बताए ।

 

देशमा गणतन्त्र स्थापना भई संविधान निर्माण बनेकाले अव विकास र समृद्धिमा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा बताए।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।उनले भने कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको जानकारी दिए। ।