☰ open Loading... 18 October 2024|  

यार्सा टिप्न गएका पुरुषको मृत्यु
  | २१ जेष्ठ २०८०, आईतवार ०५:३१

 

डोल्पा : हिमाली जिल्ला डोल्पामा यार्सा टिप्न गएका जाजरकोटका एक पुरुषको मृत्यु भएको छ । जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेनाका अन्दाजी ३९ वर्षीय जंगबहादुर भुलको मृत्यु भएको   हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार उनी गत वैशाख २२ गतेदेखि यार्सा टिप्न डोल्पोबुद्ध गाउँपालिका– ३ तास्कीको थाङबुचे पाटनमा थिए ।

 

शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याइएको थियो । स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

 

 

सम्बन्धित