☰ open Loading... 7 September 2024|  

दैलेखमा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा
  | २४ जेष्ठ २०८०, बुधबार २२:००

 

दैलेखः दैलेखका सामुदायिक विद्यालयका कर्मचारी धर्नामा बसेका छन्।जिल्लाभरका ८० जना कर्मचारीहरूले लामो समयदेखि विद्यालयमा कार्यालय सहयोगी सहायक लेखाको रूपमा काम गरिरहेका विद्यालय कर्मचारीहरू विगत तीन दिनदेखि धर्नामा बसेका हुन्।

वर्षौंदेखि आफ्ना हक अधिकारका निम्ति लडिरहेका तर श्रम शोषणमा परेका विद्यालयक कर्मचारीलाई सरकारले काम अनुसारको ज्याला दिनुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष जिवराज तिमिल्सेनाले बताए ।उनले भने श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको विद्यालयमा कार्यरत लेखापालको उचित पारिश्रमिकको माग पुरा नभए सम्म धर्नालाई निरन्तरता दिने  बताए ।

सरकारले नीतिमा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्ने भने पनि बजेटमा व्यवस्था नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्ष रमेश कुमार वि:सीले जानकारी दिएका छन् ।

२६ गते सम्म धर्ना, २६ गतेपछि पनि माग पुरा नभए काठमाडौँमा देशैभरका कर्मचारी पुगेर आन्दोलन गर्ने तयारी रहेको कर्मचारीहरूले जानकारी अध्यक्ष वि।सीले बताए । विद्यालय कर्मचारीहरू तीन दिनदेखि शिक्षा समन्वय इकाईमा धर्नामा रहेका छन् ।