☰ open Loading... 19 September 2024|  

सय जना कृषकलाई निशुल्क जैबिक बिषादी बितरण
  | २५ जेष्ठ २०८०, बिहीबार ०५:४३

सुर्खेत – समृद्धि एग्रो सोलुशन मंगलगढी चोक सुर्खेतले एक सय जना कृषक लाई जैबिक बिषदी बितरण गरेको छ । बिश्व वाताबरण दिवश २०२३ को अबसरमा सो बिषादी बितरण गरियको हो ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वयमा बिरेन्द्रनगरको बडा नं ९ मा रहेको सानाकिसान कृषि सहकारी मार्फत संचालित पिजिएस कृषक पाठसालामा ३० जना, सोही बडाको फौजिकिरा आईपिएम कृषक समुहमा ३० र मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका ३० जना कृषकलाई निममा आधारीत जैबिक बिषदी बितरण गरियको समृद्धि एग्रो सोलुशन सुर्खेतका निर्देशक यामप्रसाद शर्माले बताए ।
वातावरणमा सबै भन्दा बढी हानि बढ्दो बिषादी प्रयोगको कारण भएको ले भएको हुदा रासायनिक बिषादीको प्रयोग कम गरि वातावरणलाई सुरक्षीत र मानव जिवनमा समेत सुरक्षित बनाउन जैबिक बिषदीको प्रयोग गर्नुपर्ने निर्देशक शर्माले बताए ।
शर्माले आफु कृषि पढेको र कृषि ब्याबसाही भएकाले सुरक्षित वातावरण बनाउनु हामी सबैको दाहित्व भएकोले १०० जना कृषकलाई जैबिक बिषदी बितरण गरेको बताए । कृषकलाई कृषकलाई जैबिक बिषदीको बारेमा जनचेतना फैलाउने उद्देश्यले कृषकहरुलाई बितरण गरियको निर्देशक शर्माले बताए ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेत कृषि बिकास शाखा प्रमुख हेमराज केसीले समृद्धि एग्रो सोलुशनले ब्याबसाहिक मात्र नभई समाजमा जनचेतना फैलाउने काम गरेकोमा धन्याबाद ब्यक्त गरेका छन । शाखा प्रमुख केसीले वातावरणीय क्षती कम गर्न रसायनको प्रयोग कम गर्नु पर्ने बताए । उनले आगामी दिनमा पनि यसरी सहकार्य गर्दै कृषकलाई सचेतना फैलाउने कार्यमा सबै लागी कर्णाली प्रदेशलाई अर्गानीक प्रदेश बनाउनमा जोड दिनु पर्ने बताए ।
मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष नारद भट्टराईले समृद्धि एग्रो सोलुशनलाई धन्यबाद दिदै कृषकको प्रमुख परामर्सदाता एग्रोभेट भएकाले वातावरण दिवसको अवसरमा आफ्नो सहकारीमा आएर कृषकलाई जैबिक बिषदी र बिषदीको बारेमा जानकारी दिएको खुसी ब्यक्त गरे ।