☰ open Loading... 19 September 2024|  

सुर्खेतका निजी विद्यालयमा एक साता गर्मी बिदा
  | २५ जेष्ठ २०८०, बिहीबार ०५:४६

सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको हो । सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढेपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।