| ३० जेष्ठ २०८०, मंगलवार ०५:४३
बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए।