यामराज बिष्ट
दैलेख –दैलेखको नारायण नगरपालिकाले १२औं नगरसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा आगामी आर्थिक वर्ष २०८०र८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम,खानेपानीका धाराहरु मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि योजना बनाएको नगर प्रमुख लोमन शर्माले बताए।
नारायणका पत्येक वडामा स्वास्थ्य चौकीका भवनहरु २बर्षमा भवन निमार्ण गर्ने, दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरिने उनले जानकारी दिए ।उनले भने नारायण नगरपालिका वडा१०र११मा २४औं घण्टा आधारभूत सेवा उपलब्ध गराउने ,एकल पुरुषलाई मासिक १हजारको दरले भत्ता दिने समेत जानकारी दिए ।
नगरपालिकाले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडि बढेको नारायण नगपालिका दैलेखका प्रवक्ता एवम्न वडा नं -६का वडाअध्यक्ष जनक न्यौपानेले बताए ।उनले भने आगामी असार १० गते बजेट प्रस्तुत गर्ने बताए ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नारायण नगरपालिका जिल्लाको पहिलो नगरपालिका बनेको छ।