☰ open Loading... 20 September 2024|  

नेपाली काँग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन सम्पन्न
  | ३२ जेष्ठ २०८०, बिहीबार ०७:०८

 

 

दैलेख –नेपाली काँग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।बुधबार नेपाली काँग्रेस दैलेखको आयोजनामा भएको सम्मेलनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले दैलेख सदरमुकाममा उद्घाटन गरे ।

सम्मेलनमा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसलाई सुदृढ बनाउन निषेधको राजनीति त्याग्न सबैलाई आग्रह गरेका छन् । निषेधको राजनीतिले कसैलाई माथि पु¥याउन नसक्ने भन्दै उनले कार्यकर्तालाई सबैको विचार समेटेर नेतृत्वले काम गर्नुपर्ने बताए ।

यस्तै कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री कृष्णकुमार बीसीले नेपाली काँग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाएर अगाडी बढ्नुपर्ने बताए ।उनले भने नेपाली कांग्रेस पार्टी लामो इतिहास भएको पार्टी हो  ।उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका साँसद दिक्पालकुमार शाही,कर्णाली प्रदेशसभाका सामाजिक समितिका अध्यक्ष घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाका सदस्यद्वय बिजया बुढा, पूर्णबहादुर खत्री लगायतका नेताहरुले लगायतले धारणा व्यक्त गरेका थिए ।