☰ open Loading... 19 September 2024|  

उद्यमीलाई मेसिन औजार हस्तान्तरण
  | १ असार २०८०, शुक्रबार ०५:५७

 

यामराज बिष्ट
दैलेख -उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जिल्लाका उद्यमीहरुलाई मेसिन औजार हस्तान्तरण गरेको छ । कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका उद्यमीहरुलाई औजार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा २० लाख बराबरको अनुदान मेसिन औजार हस्तान्तरण गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख कल्पना खत्रीले बताईन् ।जिल्लाभरबाट आवेदन दिएका मध्ये छानिएका ४७ जना उद्यमीलाई मिल, फर्निचर, होटल ब्यवसाय, सिलाई कटाई मेसिन, ब्यूर्टी पार्लर, मसला उद्योग, डेरी उद्योग लगायतका उद्योगहरुका लागि मेसिन औजार हस्तान्तरण गरिएको उनले जानकारी दिइन्।

 

मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि उत्साहजनक रहेको उद्यमि राजाराम थापाले बताए ।कार्यालयले मेसिन हस्तान्तरण कार्यक्रममा बोलाउदा आफुहरु खुसी भएको बताए।
यस्तै आफुहरुले स्थानीय स्तरमा सुरु गरेको उद्योगलाई सरकारले साहरा दिएको हिमाली मसला उद्योग दुल्लुका प्रोप्ररार्टर राजु खड्काले बताए।

No description available.

 

उद्योगीहरुले मेसिन लग्ने हिक्मत गर्नु भएको प्रविधिले हौसला हुने दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौड्यालले बताए ।बास्तविक उद्यमीहरुका लागि यस्ता अनुदानका कार्यक्रमले ठुलो सहयोग पु¥याएको उनले जानकारी दिए ।

नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले मेसिन औजार वितरणले किसानलाई हौसला मिलेको बताईन्।उनले भनिन् आफुले लगेका मेसिनको सहीसदुपयोग गर्न समेत उनले आग्रह गरिन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले अनुदानको लागि मात्रै प्रविधि नलिई यसको सहि सदुपयोग गर्नु पर्ने बताए । उनले प्रविधिको प्रयोग गरी स्वरोजगार मात्र नभई अन्यलाई पनि रोजगारी दिई आर्थिक समृद्धिमा लाग्न अनुरोध गरे ।