☰ open Loading... 19 September 2024|  

नक्कली शरणार्थी प्रकरण : १६ जना सुन्धारा कारागारमा
  | २ असार २०८०, शनिबार ०५:२७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई नै थुनामा पठाउन आदेश दिएको छ ।

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।