☰ open Loading... 16 September 2024|  

कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु
  | ५ असार २०८०, मंगलवार ०५:१७

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ २६ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे ७ बजे सडकबाट अन्दाजी ७० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

अप्ठ्यारो बाटोका कारण यात्रुलाई घटनास्थलबाट अन्दाजी १५ मिटर अगाडी झारेर अगाडी बढाएको जिप अनियन्त्रीत भई नदिमा खसेको हुम्ला प्रहरीले जनाएको छ ।