| १० असार २०८०, आईतवार ०५:३३
रूकुम पश्चिम — रूकुम पश्चिममा कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना भएको छ । शनिबार दिउँसो ३ बजेतिर चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेशसभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ ।
गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ । घाइते सबै सामान्य नै छन् ।