☰ open Loading... 21 December 2024|  

जुम्लाका आठै स्थानीय तहले ल्याए ३ अर्ब ३८ करोडको बजेट
  | १२ असार २०८०, मंगलवार ०६:२३

जुम्ला । जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ल्याएका छन् । एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आज बजेट ल्याएका छन् । जसमा सबै भन्दा बढि बजेट चन्दननाथ नगरपालिकाले ल्याएको छ, भने सबै भन्दा कम बजेट गुठिचौर गाउँपालिकाले ल्याएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ ।

सबै भन्दा बढी चन्दननाथको, कम गुठिचौरको

यस्तै कनकासुन्दरीले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख, ३७ हजार, तातोपानीले ४० करोड २५ लाख ८२ हजार २ सय, हिमाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।

आठै पालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका विषय समेटेर बजेट ल्याएका छन् । अधिकांस स्थानीय तहले कृषि उत्पादनलाई प्राथमिकता राखेर बजेट ल्याएका छन् ।