☰ open Loading... 25 September 2023|  

असल आमालाई नगद पुरस्कार सहित सम्मान
  |

 

दैलेख- नारायण नगरपालिका दैलेखले ४२जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमालाई सम्मान गरेको हो ।

स्वास्थ्यका पाँच वटा मापदण्डमध्ये २० वर्ष पूरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरूलाई नगद २ हजार रुपैयाँसहित प्रमाण पत्र दिएर सम्मान गरेको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक लालबहादुर खड्काले बताए ।

उनले भने नगरपालिकाका वडा नं १,२,३,७, ८ का ४२ जनालाई बुधवार सम्मान गरिएको छ । अन्य बाँकी रहेका वडाका असल आमालाई नगद पुरस्कारसहित सम्मान गरिने वडा नं-५ त्रिबेणीमा पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिने उनको भनाई छ ।

No description available.

 

यस्तै नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम संचालन गरिएको नगर प्रमुख लोमन शर्माले बताए । उनले भने आगमी दिनमा पनि यस्ता खाले कार्यक्रम संञ्चालन गरिने बताए ।

!-- .entry-content -->