दैलेख –जननेता मदन भण्डारीको ७२औं जन्म जयन्ती को अवसरमा दैलेखमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।मदन भण्डारी फाउण्डेसशन जिल्ला कमिटी दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जननेता भण्डारीलाइ स्मरण गर्दै उनको तस्बिरमा माल्यार्पण गरी मनाएको हो ।
कार्यक्रममा नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले नेपालको राजनीति, कम्युनिस्ट आन्दोलन र नागरिकहरुसँग राजनीतिक दल र नेताहरुको सम्बन्धका बारेमा मदन भण्डारीले दिनु भएका सन्देशहरु महत्त्वपूर्ण भएको बताए । मदन भण्डारीले उत्पादन गर्नु भएको जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी पार्टी कमिटीहरु परिचालन गरिएको जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष, उपाध्यक्ष, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु, एमाले निकट भातृ संगठनका पदाधिकारीहरु, प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको थियो ।