☰ open Loading... 17 November 2024|  

किसानलाई बंगुरका पाठापाठी वितरण
  | २० असार २०८०, बुधबार ०५:५१

 

दैलेख –नारायण नगरपालिकाले १० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाले भगवती टोल कृषि तथा पशुपक्षि समुहलाई व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई बंगुरका४० पाठापाठी वितरण गरेको हो ।

किसानको आवश्यकता अनुसार र व्यवसायिक रुपमा बंगुरपालनमा लागेका किसानलाई बंगुरको पाठापाठी वितरण गरिएको नारायण नगरपालिका पशु सेवा शाखाका प्राविधिक चित्र प्याकुरेलले जानकारी दिए । नगरपालिकाको नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत बंगुरको पाठापाठी खरिद गरी मंगलबार किसानलाई वितरण गरेको उनले बताए ।

व्यावसायिक बंगुरपालक न्यून आए भएका किसानको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बंगुरको पाठापाठी वितरण गरिएको नारायण नगरपालिका वडा नं -१का वडाध्यक्ष शैलेस श्रेष्ठले बताए। “व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, वडाध्यक्ष श्रेष्ठले भने, “बंगुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो ।आर्थिक अवस्था कमजोर भएका किसानलाई बंगुरको पाठापाठी वितरण गरेको बताउँदै किसानलाई लगनशील भएर लाग्न समेत उनले आग्रह  गरे ।