☰ open Loading... 5 February 2025|  

कोसीको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त
  | २१ असार २०८०, बिहीबार १९:१२

काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्री काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्।

थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश सभा उनलाई काँग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका एक जना र सभामुख बाबुराम गौतमको समर्थन छ।

यसअघि नेकपा एमालेले भने सभामुख गौतमसहितको हस्ताक्षर आफूहरूलाई मान्य नहुने भन्दै प्रदेश प्रमुखलाई भेटेर आपत्ति जनाएका छन्। उनीहरूले सभामुखसहितको हस्ताक्षर बदर गराउन अदालत जाने चेतावनी दिएका छन्।