☰ open Loading... 17 November 2024|  

गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु
  | २२ असार २०८०, शुक्रबार ०५:१८

सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छुइँदा करेन्ट लागेर दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

मृतक दुईजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी सुचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा  २० जना सवार रहेकोमा दुईजनाको मृत्यु र एक जना घाइते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।